राम खड्काको नयाँ पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’को छायांकन मंगलबारदेखि सुरु
अन्टिना घनस्याम

सोमबार २५ जेठ २०८३
काठमाडौं / नेपाली टेलिसिरिजले दर्शकको मन जितिरहेको बेला निर्माता तथा निर्देशक राम खड्काले पारिवारिक टेलिफिल्म ‘आफ्नो भाग्य’ निर्माण सुरु गरेका छन्।
रामेछाप जिल्लाको नामाडीमा यही मंगलबारदेखि छायांकन सुरु हुने उक्त टेलिफिल्ममा पुराना तथा नयाँ गरी करिब दर्जन कलाकारको अभिनय रहने सह-निर्देशक नवीन गिरिले जानकारी दिए।
पि. एस. खतिवडाको लेखन, मोहनिश श्रेष्ठको सम्पादन र रामकृष्ण कँडेलको छायांकन रहने टेलिफिल्ममा रोहित कार्की, सरिता भण्डारी, राम खड्का, नवीन गिरी, अनिता गिरी, मिलन खड्का, सर्मिला थापा, श्रीकृष्ण थापा, रुपा कार्की, अनिता खड्का लगायतको प्रमुख भूमिका रहेको निर्देशक राम खड्काले बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE