स्वास्थ्यमा सुधारोन्मुख हुँदै मोहन वैद्य किरण


सोमबार २९ पुस २०८१
काठमाडौं / त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको बताइएको छ। अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि उपचाररत छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE