राष्ट्रपतिले सार्वजनिक स्थलमा आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नुहुने
१४ भदौ २०८१, शुक्रबार
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नुहुने भएको छ ।
सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसङ्गै उहाँले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने हुनु भएको छ ।
जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जानुहुने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE