शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सरकारको नियतमा शंका छैन, तर गल्ती तत्काल सच्याउनुपर्छ : रवि लामिछाने

Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा आफूलाई कुनै शंका नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार रौतहटमा आयोजित पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारले गर्ने निर्णयहरूमा कहिलेकाहीँ व्यावहारिक जटिलता आउन सक्ने भए पनि नियत सफा भए जुनसुकै गल्तीलाई सुधार्न सकिने धारणा राखे ।

नियत खराब भए सुधार असम्भव’
मन्तव्यका क्रममा उनले सरकारको निर्णयमा समस्या देखिए त्यसलाई `करेक्सन` अर्थात् सुधार गर्न सकिने बताए । तर नियत नै खराब भएमा भने सुधार गर्न असम्भव हुने उनको भनाइ छ ।

कतिपय अवस्थामा किसानकै हितका लागि गरिएका निर्णयहरू पनि व्यवहारमा लागू हुँदा उल्टो परिणाम आउन सक्ने तर्फ सचेत गराउँदै उनले त्यस्ता विषयहरूलाई सरकारले समयमै सच्याउनुपर्नेमा जोड दिए ।

सरकार र आफ्नै पार्टीलाई सचेत
लामिछानेले सरकारका कामकारबाहीबाट जनता वा किसान वर्गलाई कुनै पनि प्रकारको हानि पुगेको खण्डमा तत्कालै कदम चालेर कमजोरी सुधार्नुपर्ने बताए ।

यसका साथै उनले आफ्नै पार्टी रास्वपा पनि कथमकदाचित गलत बाटोमा अघि बढेको खण्डमा सजग रहन र तत्काल खबरदारी गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

रास्वपाले सत्ता र प्रतिपक्ष दुवैतिरबाट जनताको पक्षमा निगरानी गर्ने भूमिका खेल्ने भन्दै उनले पार्टीभित्र आत्मआलोचना र सुधारको संस्कार बसाल्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x