आजदेखी एमालेको विधान महाधिवेशन सुरु, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं / नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरी स्थित सनराइज हलमा सुरु हुनेभएका छन। तीन दिने महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्नुहुदैछ्न् ।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना गरी २ हजार ३ सय ४१ जना सहभागी हुने जनाइएको छ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।
महाधिवेशनस्थल गोदावरी पार्टीको हसिया हथौंडा र चुनाव चिह्न सूर्यअंकित झन्डाले दुलहीझै सिँगारिएको छ। महाविधेशन उद्घाटनअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानबाहेकका ६ वटा प्रतिवेदन पारित गर्दै महाविधेवशनमा पेस गर्ने गर्ने निर्णय गरेको छ।
बैठकले अध्यक्ष ओलीको ‘राजनीतिक प्रतिवेदन’ र महासचिव शंकर पोखरेलको ‘संगठनात्मक प्रतिवेदन’ पारित गरेर हलमा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले पेस गर्ने प्रतिवेदन पनि पारित गरेको छ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले महाविधेशनमा पेस गर्ने विधान संशोधनसम्बन्धी प्रस्ताव यसअघि केन्द्रीय कमिटी बैठकबाट पारित भइसकेको भन्दै सचिवालयले यस विषयमा थप निर्णय गरेन। एमालेले विधान मस्यौदा र अध्यक्षसहितले पेस गर्ने विभिन्न ७ वटा प्रतिवेदन पारित गर्न गत १३ भदौमा केन्द्रीय कमिटी बैठक डाके पनि अन्तिम समय स्थगन गरी सचिवालयमार्फत् निर्णय गराएको हो।
पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यता विवाद तथा विधानको ७० वर्षे उमेर हद र दुईभन्दा बढी कार्यकाल पदाधिकारीमा नेतृत्व गर्न पाउने विधानको प्रस्तावित व्यवस्था विवादमा परेपछि केन्द्रीय कमिटी छलेर एमालेले सचिवालयमार्फत् प्रतिवेदन पारित गरेर हलमा लैजाने निर्णय लिएको हो।
केन्द्रीय कमिटी बैठक नबसेकै कारण भण्डारीको सदस्यता सक्रिय पार्नुपर्ने पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका तीन पदाधिकारीले महाधिवेशनमा ‘फरक मत’ दता गर्ने तयारीसमेत गरेका थिए।
तर अन्तिममा आएर भण्डारी समूहका तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले मात्र केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन्।
थापाले भण्डारीको सदस्यता सक्रिय पार्नुपर्नेगरी राखेकाबाहेकका विधानसम्वन्धी ‘फरक मत’मा भने महाधिवेशन हलमा छलफल हुने भएको छ। ललितपुर सातदोबाटोदेखि गोदावरीसम्म १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE