सोमवार, माघ २०, २०८२
Monday, February 2, 2026

देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सहयोग गर्न ओलीको आग्रह

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

सोमबार १९ माघ २०८२
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। स्रोतका अनुसार उक्त भेट आइतबार भएको हो।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर भएको भेटमा मुख्य विषय निर्वाचन रणनीतिनै रहेको बताइएको छ। भेटमा अध्यक्ष ओलीले देउवा र प्रचण्डसँग सहयोगको आग्रह गरेका थिए।
स्रोतका अनुसार ओलीले विशेषगरी आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा सहयोग गर्न आग्रह गरेका हुन्। ओली स्वयं झापा–५ बाट उम्मेदवार रहेका छन्। त्यसैगरी, उनले दाङ क्षेत्रमा पनि सहयोगको अपेक्षा व्यक्त गरेका थिए। दाङबाट एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन्।
उल्लेखनीय छ, शेरबहादुर देउवा आगामी निर्वाचनमा उम्मेदवार नरहे पनि ओली र प्रचण्ड भने निर्वाचन मैदानमा छन्। नेताहरूबीचको यो भेटलाई आगामी निर्वाचनमा सम्भावित राजनीतिक समन्वयका रूपमा हेरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x