शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

गायक प्रकाश तिमिल्सिनाको निधन

Spread the love

आइतबार २७ साउन २०८१

काठमाडौं / गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका ‘प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ, ‘नमान लाज यसरीु, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन्।

गायक तिमिल्सिनाको पार्थिव शरीरलाई अहिले बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने संगीतकार चेतन सापकोटाले बताए। उनको आजै अन्त्येष्टी गरिने छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x