सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

चैत १८ गते संसद् अधिवेशन बोलाउने तयारी

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

सोमबार १६ चैत २०८२
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको अधिवेशन बोलाउने तयारी भइरहेको बताएका छन्। सोमबार सांसदहरूसँगको छलफलमा उनले चैत १८ गते संसद् अधिवेशन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
आज अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरिएको छ। संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिले अधिवेशन बोलाउनेछन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाको यो पहिलो अधिवेशन हुनेछ। नवनिर्वाचित सांसदहरूले पनि चाँडै अधिवेशन बोलाउन माग गर्दै आएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x