शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

साहित्यकार तथा समाजसेवी सरस्वती गौतमको कृति उपन्यास ‘अनामिका’ लोकार्पण

  • 235
  •  
  •  
  •  
  •  
  •  
  •  
    235
    Shares

शनिबार १ भदौ २०८१

काठमाडौ / लामो समयदेखी संचार ,समाजासेवा तथा साहित्य क्षेत्रमा सकृय रहदै कलम चलाउदै आएकी वरिष्ठ संचारकर्मि ,साहित्यकार तथा समाजसेवी सरस्वती गौतमको कृति उपन्यास ‘अनामिका’ भव्य सभ्य लोकार्पण भएको छ।

काठमाडौको रत्न पुस्तकालय भवनमा सनिवार आयोजित कार्यक्रमविच लोकार्पण भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी, अन्य विशेष अतिथिहरुमा साहित्यकार घनश्याम परिश्रमी,वरिष्ठ गायक नरेन्द्र प्यासी,गीतकार साहित्यकार बम बहादुर जिताली,वरिष्ठ साहित्यकार राधेश्याम लेकाली लगायतको उपस्थिति रहेको थियो।

लेखिक गौतमको यो मह्त्वकांक्षि उपन्यास ‘अनामिका’ एउटि नारिको जीवन संघर्ष,प्रेम अनि सपना मा आधारित रहेको छ।

‘अनामिका’ कृती भित्र एउटि नारिको गाउँदेखि शहर सम्मको भोगाइ पोखिनुका साथै नारिलाइ हेरिने समाजको दृष्टि अनि नारिलाइ उर्जा र गहिरो प्रेरणा मिल्ने शन्देस पाठ पाइन्छ ।

चार वर्ष अगाडि नै लोकार्पण हुनुपर्ने यो कृति विभिन्न व्यस्तता,काम र सम्पादनको ढिलाइको कारण केही ढिलो भएको पनि कार्यक्रममा बताइएको थियो।

कार्यक्रममा कृति बारे बोल्दै प्रमुख अतिथि रहेका वरिष्ठ साहित्यकार डा.पुडासैनीले ‘बहुप्रतुभाकी धनी लेखिका सरस्वतीको यो अनामिका उपन्यास चानचुने मनगडन्ते कृति नभइ साक्षात भोगाइ र एउटि नारिको गाउँ सहर वास्तविक संघर्ष पाइएको छ।यस कृतिले नारिलाइ जीवन जिउन ,लक्ष्य हासिल गर्न बुलन्द हौसला र चेतना पस्किने छ,अन्य कृतिहरु पनि लगातार पढ्न पाइयोस् शुभकामना ‘भन्दै व्यक्त गरे।

सो कार्यक्रममा अन्य विशेष अतिथी अन्य अतिथिहरुले पनि ‘अनामिका’उपन्यास साच्चै गज्जब रहेको बताउदै शुभकामना प्रदान गरेका थिए।

नोवेल साकोस साहित्य सस्था तथा साकोस साहित्य श्री काठमाडौले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा साहित्यकार टंक न्यौपानेले कार्यक्रम संचालन गरेका थिए भने सो कार्यक्रममा साहित्य कला क्षेत्रमा विभिन्न योगदान पुर्याउने ,समाज परिवर्तनको निम्ति कलम चलाउने साहित्यकार ,स्रस्टाहरुलाइ भव्यरुपमा सम्मान समेत गरिएको थियो।

https://www.facebook.com/profile.php?id=100064648721385

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x