सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

काठमाडौं–ढाका सिधा उडानको तयारी, निगमले थाल्यो प्रक्रिया

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं, ७ वैशाख — नेपाल वायु सेवा निगम ले निकट भविष्यमै काठमाडौं–ढाका सिधा उडान सुरु गर्ने तयारी अघि बढाएको छ।
निगमले उडान सञ्चालनका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको जनाएको छ। यसका लागि सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरिएको छ भने सोही आधारमा आगामी निर्णय लिइने बताइएको छ।
अपरेसन विभाग निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार छिमेकी देश भए पनि हालसम्म नेपाली ध्वजावाहक विमानले ढाकामा नियमित उडान भर्न सकेको थिएन। यही आवश्यकता महसुस गर्दै अब प्रक्रिया अगाडि बढाइएको हो।
हाल बंगलादेशबाट काठमाडौंमा नियमित उडान भइरहेका छन् भने हिमालयन एयरलाइन्स ले पनि ढाका उडान गर्दै आएको छ। तर राष्ट्रिय ध्वजावाहकको उडान भने अहिलेसम्म सञ्चालनमा आएको छैन।
यसैबीच निगमले दिल्ली–काठमाडौं रुटमा उडान संख्या विस्तार गरेको छ। गत चैत १७ गतेदेखि थप तीन दिन उडान थपिएपछि अहिले उक्त रुटमा सातामा १० उडान सञ्चालन भइरहेका छन्।
निगमले कार्गो सेवालाई थप व्यवस्थित बनाउन ‘कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स’ पनि गठन गरेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x