शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाली बजारमा KTM 250DUKE GEN-3 मोटरसाईकल सार्बजनिक 

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

 

 

पवन प्रसाद साह

वीरगंज / KTM 250DUKE GEN-3 मोटरसाईकलको आज एक बिशेष कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य एवं पुर्व कृषि राज्यमन्त्री करिमा वेगमले केक र रिबन काटेर सो मोटरसाईकल सार्वजनिक गर्नुभयो ।  ७ लाख ३९ हजार नौ सय मुल्य रहेको सो मोटरसाईकल ५० प्रतिशत डाउन पेमेन्टमा लिन सकिने ईनाया ट्रेडिङ्गका संचालक  साहिद प्रवेजले बताए । KTM 250DUKE GEN-3  मोटरसाईकल देशै भरि आज दिउँसो एक बजे सार्वजनिक गरिएको संचालक साहिद प्रवेजले बताए । प्रवेजले जेन ३ भर्जन नेपाली बजारमा सिमित अवधिको लागि मात्र ७ लाख ३९ हजार नौ सय मा उपलब्ध रहेको बताए । KTM 250DUKE GEN-3मा रेस ईन्सपाईड लाईन, स्पेर्टि लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम,लाईटवेट व्हिल,हाई पर्फमेन्स ब्रेक जस्ता बिशेषता रहेको कम्पनीले जनाएको छ । साथै यस बाईकमा  रियर मेनेशक, कर्भड कास्ट आल्मुनियम स्वीङ्ग आर्म, अफसेट डब्लुपि एपेक्स शक पनि समावेश गरिएको छ । जसले ईम्प्रुभ्ड हान्डलिङ्ग पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमेट एविएसले उत्कृष्ट ब्रेकिङ्ग प्रदान गर्दछ । हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का सहायक महाप्रबन्धक बिजय श्रेष्ठले  नयाँ जेनेरेशनको KTM 250DUKE GEN-3  नेपाली बजारमा सार्वजनिक भएसंगै नेपालका मोटरसाईकल पारखीहरुका लागि नयाँ अनुभव प्रदान हुने दावी गरे ।

ईच्छुक ग्राहकहरुले नेपाल भरिका सवै केटिएम शो रुमबाट बाईक लिन सकिने कम्पनीले जनाएको छ । वीरगंजमा यो बाईक खरिदको लागि हुलास फाईनान्सले फाईन्स गर्ने लोन अफिसर रविकान्त चौरसियाले बताए । कार्यक्रममा फाईनान्सका रिजनल अफिसर रुपेश साह, ईनाया टे«डिङ्गका कर्मचारी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x