शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सरकारी निकायमा बैठक भत्ता नलिन प्रधानमन्त्रीको निर्देशन

Spread the love

काठमाडौँ / सरकारी निकायमा बैठक भत्ता नलिन प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुलाई निर्देशन दिनुभएको छ।

अतिरिक्त काम भन्दै कार्यालय समय वा कार्यालय समयपछि बैठक बसाल्ने र भत्ता लिने काम नगर्न उहाँले निर्देशन दिनुभएको हो ।

आफूले एउटा बैठकको भत्ता बन्द खाम भित्र पाएपछि यसलाई गलत भएको भन्दै भत्ता नलिएको पहिलेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले तलब खाने कर्मचारी, मन्त्री वा अन्य कुनैपनि पदाधिकारीले बैठक भत्ता लिन नहुने बताउनुभयो ।

हाम्रा देशका जनता गरिब छन् र उनीहरुको लागि हामीले काम गर्नुपर्छ भन्ने भावनाले काम गर्दा उत्तरदायित्व पनि बोध हुने भन्दै सचिवहरुलाई भइरहेको भत्ता लिने प्रचलनलाई सुधार गर्न निर्देशन दिनुभएको छ । source nt

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x