बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

पद्मोदय माविमा बृहत् दन्त शिविर सम्पन्न, ६५५ जनाको दाँत परीक्षण

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

सोमबार २५ जेठ २०८३

काठमाडौं / सामाजिक रुपान्तरणका लागि नागरिक समाजको स्वास्थ्य कार्यक्रमअन्तर्गत पद्मोदय माध्यमिक विद्यालयमा आज बृहत् दन्त शिविर सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ६५५ जनाको दाँत परीक्षण गरिएको थियो।

कार्यक्रममा विद्यालयकी प्राचार्य शर्मिला पोखरेलले यस्ता शिविरले सामाजिक संस्थाहरूलाई जनसेवामुखी कार्यमा प्रेरित गर्ने अपेक्षा व्यक्त गरिन्।

ॐ समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य राजन थापाले गुणस्तरीय स्वास्थ्य सेवा सुलभ दरमा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध रहेको बताए। आगामी दिनमा समुदायमा निःशुल्क स्वास्थ्य चेतना कार्यक्रम थप सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

डा. सीमा यादव, डा. सोफिया राउत, डा. सुभका राई तथा स्वास्थ्य स्वयंसेविका जुनु पण्डितको टोलीले दन्त परीक्षण गरेको थियो। धन घिमिरेको व्यवस्थापनमा सम्पन्न शिविरमा सवारी चालक रमेश र स्वयंसेवक विद्यार्थीहरूको सक्रिय भूमिका थियो।

शिविरका संयोजक यामबहादुर जी.सी.ले ॐ समाज डेन्टल अस्पतालको अनुभवी चिकित्सक टोली र समुदायप्रतिको समर्पणका कारण अस्पताल रोजिएको बताए। आगामी दिनमा बागमती प्रदेशका सबै सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए।

ॐ समाज डेन्टल हस्पिटलमा उपचारका लागि जाँदा सामाजिक रुपान्तरणका लागि नागरिक समाजका सदस्य तथा शुभचिन्तकलाई २०% छुटको व्यवस्था गरिएको समेत जानकारी दिइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x