शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

केपी ओलीले भारतलाई चिढ्याएर चाइनालाई खुसी पार्न खोजेः डा.दीक्षित

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

शुक्रबार २ साउन २०८२

काठमाडौं / नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतलाई चिढ्याएर चीनलाई खुसी पार्न खोजेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले राम नेपालमा जन्मिएकोलगायतका कुरा भनेर ओलीले भारतलाई चिढ्याएको बताएका हुन् ।

‘अहिले के काम गरेको थियो र फेरि रामको कुरा उठाउने, पहिलो कार्यकालमा त बोले । अहिले आएर बिनासित्तिसँग रामको कुरा किन उठाएको ? युपी, विहार, इन्डेनहरु रामको कुरामा असाध्यै संवेदनशील छन् । उतापट्टी काम न काजसँग एक स्टेप अगाडि बढेर शिवजी चाम्लिङ भन्न थाले । ओली के नचाहिने कुरा बोल्छन् बा ! के गरेको यो मान्छेले मलाई थाहा छैन ? जानी–जानी भारतलाई चिढ्याएर चाइनालाई खुसी पार्न खोजेको छ । विद्या भण्डारी चाइनाबाट आइन । चाइनाबाट के लिएर आएकी थिइन् कि ?’ प्रश्न गर्दै उनले भने ।

साथै, फरक प्रसंगमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्किन नैतिकताले नदिने उनले बताए । संविधानले छुट दिएको कारण भण्डारी आएको उनले बताए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई राजनीतिमा साथ नदिएको बताउँदै डा.दीक्षितले भण्डारीलाई राजनीति धान्न धेरै गाह्रो पर्ने दाबी गरे ।

‘जहाँ–जहाँ विद्या भण्डारी मञ्चमा गएर बोल्नुहुन्छ, त्यहाँ खबरदार, तिमीहरु कोही जाओ त निकाल्छु भनेर भुसाल र भीम रावललाई झैं दण्डा देखाउनुहुन्छ उहाँ । विद्या भण्डारीलाई अप्ठ्यारो पार्न खोज्नुभएको छ । तर, ओलीले जसरी एमालेभित्र उकुसमुकुस पारेका छन्, पूरै निरङ्कुशता चलेको छ, उनको पार्टीभित्र,’– उनले भने । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x