शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

काभा भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

सोमबार २१ साउन २०८१

काठमाडौ / काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ ले पराजित गरेको हो।

प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भइसकेको छ। सोमबार आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्‍यो।

हारसँगै श्रीलंकाले चौथो स्थानमा रह्यो। अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ।

यता भारतको जितले नेपालको शीर्ष स्थानमा रहने सम्भावना सकिएको थियो। अब दोस्रो भएको नेपाल र तेस्रो भएको इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यता माल्दिभ्स भने सबै खेलमा पराजित भयो।

यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएपछि नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको थियो।

सेमिफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ। पर्सी बुधबार प्रतियोगिताको फाइनल हुनेछ। source setopati
 

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x