शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

गृहलाई सर्वोच्चको आदेश

  • 77
  •  
  •  
  •  
  •  
  •  
  •  
    77
    Shares

काठमाडौँ / सर्वोच्च अदालतले  दुर्गा प्रसाईंले पाएको हतियारको इजाजतको अनुमति कानूनसम्मत नभएको भन्दै छानबिन गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासले मंगलवार गृह मन्त्रालयको नाममा आदेश दिएको हो ।

यही चैत ५ गते दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडी गार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका थिए । ​

इजलासले बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै सर्वोच्चले प्रसाइका बडीगर्ड खड्का र रामकुमार धिताललाई पनि थुनामुक्त आदेश भएको छ ।​

‘यस्तो हतियार बोक्न इजाजत छैन । के कसरी नवीकरण भएको हो? नकारात्मक सूचीको  हतियार २०७९ पुस ७ मा कसरी नवीकरण भयो ?’, आदेशमा भनिएको छ ।

यस्तो प्रकारको हतियार नकारात्मक सूचीमा रहेको देखिएको अदालतले आदेशमा उल्लेख गरेको छ ।( नेपाल टेलिभिजनबाट )

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x