शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

इसानको कार्यक्रम सम्पन्न : विद्यार्थी, शिक्षक र स्रष्टा सम्मानित

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

एन्टिना घनश्याम,

आइतबार १८ साउन २०८२

काठमाडौ / संस्थागत विद्यालय संघ नेपाल (इसान)ले राजधानीमा एस ई ई सम्मान, सांस्कृतिक नृत्य प्रतियोगिता, इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण, इसान भीम उत्कृष्ट सेवा पदक वितरण लगायतका विविध कार्यक्रमहरू आयोजना गर्‍यो । कार्यक्रममा एस ई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यालय, शिक्षक र विद्यार्थीहरू सम्मानित भएका थिए । उक्त परीक्षामा अलमाइटी आइडियल मोडर्न प्रथम, सेन्ट जोहानेस स्कुल दोस्रो र दिव्य श्री एकेडेमी तेस्रो भएका थिए । सोही कार्यक्रममा एस ई ई परीक्षामा ४ जीपीए प्राप्त गर्ने अलमाइटी स्कुलका ५ जना, पिक प्वाइन्ट स्कुलका ६ जना, सेन्ट जोहानेसका एकजना र सुभ स्कुलका १ जना गरी १३ जना विद्यार्थी सम्मानित भएका थिए भने दोस्रो र तेस्रो हुने अन्य विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । औसत जीपीए ३.९५ प्राप्त गर्ने अलमाइटी आइडियल मोडर्न विद्यालय नेपालकै प्रथम भएको हुँदा उक्त विद्यालयलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका २७ जना विद्यार्थीलाई इसान भीम उत्कृष्ट सेवा पदक वितरण गरिएको थियो भने इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता र नेपाली तथा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
लोक नृत्य प्रतियोगितामा प्रथम हुने बालबाटिका स्कुल, द्वितीय हुने प्रज्ञा सदन स्कुल, तृतीय हुने सेन्ट जोहानेस स्कुल र प्रोत्सान पुरस्कार प्राप्त गर्ने सुभ स्कुल तथा माउण्ट एभरेष्ट स्कुलले नगद पुरस्कारसमेत हात पारेका थिए भने उत्कृष्ट भेषभूषा र कोरियोग्राफीको पुरस्कार क्रमश: कान्तिपुर एकेडेमी हाइ स्कुल र नेपालय पब्लिक स्कुलले प्राप्त गरेका थिए ।

इसानकी अध्यक्ष साधना खतिवडाको सभापतित्वमा आयोजित कार्यक्रमलाई गणेशप्रसाद खतिवडा र लक्ष्मी गुरुङले सहजीकरण गर्नुभएको थियो । छिमेकी पार्टी प्यालेसमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले पुरस्कार वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा वयोवृद्ध साहित्यकार गोविन्द घिमिरे वेदमणिलाई समेत सम्मान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x