शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सुपर वुमनमा वेष्टर्न वन्डर वुमनको कप्तानी इन्दु बर्माले गर्ने

Spread the love

 

सोमबार ६ असोज २०८२

काठमाडौ / नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्माले मलेसियन वुमन्स लिगको साबिक विजेता टिम वेष्टर्न वन्डर वुमनको कप्तानी गर्ने भएकी छन्।

मलेसियामा हुने तेस्रो संस्करणको मलेसियन सुपर वुमन सिरिजमा वेष्टर्न वन्डरबाट इन्दुसहित नेपालका ३ खेलाडी सामेल रहेका छन्।

नेपालबाट रचना चौधरी र सावित्री धामीले पनि वेष्टर्न वन्डर वुमनबाट मलेसियन सुपर वुमन सिरिज खेल्नेछन्।

यो सिरिजमा मलेसियाका ४० खेलाडी र ३५ जना ७ वटा आइसीसी एसोसियट राष्ट्रका खेलाडीले खेल्नेछन्।

वेष्टर्न वन्डर वुमनको टिमः 
इन्दु बर्मा(कप्तान), माहिरा इज्जती विन्ती इस्मेल ( उपकप्तान), अइना नाज्वा विन्ती अब्दुल रहमान, नुरिमान हिडया विन्ती हलिद, नुर अलिसा विन्ती नोरिफिन्दी, नुर आलिया नाटिजा विन्ती तुमादी, नुर ऐरिन साकिरा विन्तीन्तिी अविदुल समाद, विनीफ्रेद एन्नी दुराइसिङ्गम, सावित्री धामी, रचना चौधरी, जयधन्य गुनासिकर, इसिम्वे हेन्रिती, रोशनी रमेश र कन्याकोरन वुन्थान्सेन

source nepal live

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x