शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

लगातारको वर्षाले कैलारी गाउँपालिकामा ७२ घर डुबान

Spread the love

बुधबार जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका हुन् ।

कैलारी पालिकाको विपद् फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नं. ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन् ।

त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x