सोह्रखुट्टेबाट ५ बङ्गलादेशी नागरिक पक्राउ

बङ्ग्लादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टेमा भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा एमडी रिफत अहमद, एमडी अब्दुल्ला, एमडी समुयल होडा, अब्दुल विश्वास तथा एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।
निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE