शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

जसपा परित्याग गर्दै आत्माराम साह आजपाबाट बारा २ मा उम्मेदवार

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

 

रौतहट  / संविधानसभाका सदस्य एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) कार्यकारिणी समिति सदस्य आत्माराम साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

जसपा परित्याग गरेका साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आज उनलाई आजपामा प्रवेश गराउदै पार्टीमा स्वागत गरेका छन् ।

आजपा प्रवेश गरेका साह २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं. २ बाट उम्मेदवार भएका छन् । उनी आज बारा २ बाट उम्मेदवारी दर्ता गराउदैछन् । ईन्जिनियर समेत रहेका साह मधेस प्रदेशकै स्वच्छ एवं चर्चित नेता हुन् ।

उनी विगत लामो समयदेखी जसपा अध्यक्ष उपेन्द्र यादव निकट रहेर काम गर्दै आएका थिए । बाराको गंजभवानीपुर निवासी साहलाई बारा २ बाट आजपाले टिकट दिएपछि सो क्षेत्रका आम जनता उत्साही छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x