बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

निर्मला पन्त हत्या प्रकरणको म प्रत्यक्षदर्शी हुँ, संलग्नहरुको नाम सार्वजनिक गर्दिने घोषणा गरेका अर्याल सीआईबीको नियन्त्रणमा

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

काठमाडौं / निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नहरुको नाम नै सार्वजनिक गरिदिने  घोषण गरेको नवराज अर्याललाई पक्राउ गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई नियन्त्रणमा लिएको हो ।

गत सोमबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अर्यालले आफू उक्त घट्नाको प्रत्यक्षदर्शी समेत रहेको र आफ्नो ज्यानको सुरक्षा गरिदिने हो भने उक्त घटनामा संलग्न रहेकाहरुको नाम भनिदिने उनले बताएका थिए ।

‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु,’– अन्तर्वार्ताका क्रममा अर्यालले भनेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x