आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

रवि लामिछानेलाई बलीको बोको बनाईयो : हृदयेश त्रिपाठी 

Spread the love

आइतबार २८ बैशाख २०८२

काठमाडौं / जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालका नेताहरु विचौलियाहरुको कब्जामा परेको आरोप लगाएका छन् । उनले भने,‘अहिले त नेताहरुपनि विचरा, विचौलियाको कब्जामा परे । सबभन्दा दुई दशकदेखि विकास गरेको भनेको अदृश्य विचौलियाहरु नै हो । पहिले यिनीहरुले आर्थिक पकड बनाए, त्यसपछि राज्य व्यवस्थाका विभिन्न प्रणालीमा नियुक्तीहरु गराउन थाले, अहिले उनीहरुको राजनीतिमा पकड हुने नै भयो । विचौलियाहरु कहीँ कतै जवाफदेहीता छैन ।’

आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले गभर्नर नियुक्ती गर्न नसक्नुमा पनि विचौलियाको प्रभाव नै भएको बताए । अहिलेसम्म गभर्नरको नियुक्ती गराएर विचौलिया, नेताहरु र कुनै अमुक पार्टीले फाईदा उठाएको होला भन्ने उनको टिप्पणी छ ।

अहिले देश आर्थिक रुपमा संकटमा परेको बेलामा गभर्नर नियुक्तीमा गाईजात्रा गरिनु गलत भएको उनको भनाई छ । देशमा सहकारीको यत्रो ठूलो घोटाला हुँदा सबै चुपचाप भएको र रवि लामिछानेलाई मात्रै बलीको बोको बनाईएको उनको आरोप छ । उनले भने,‘रवि लामिछानेलाई बलीको बोको बनाईएको छ । अनि मूल भ्रष्टाचारी नाईके नै हो भनेर बाँकी आफ्ना भ्रष्ट जोगाउने खेल भएको छ । यो विकृत खेल हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x