शुक्रबार ३० जेठ २०८२
जनकपुर / मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।
विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।







WRITE COMMENTS FOR THIS ARTICLE