शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुनको भाउ २ हजार ८ सय रुपैयाँले बढ्यो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

 

बुधबार ३ मंसिर २०८२  

काठमाडौ /  बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।

असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x