सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

शनिबार १७ माघ २०८२
काठमाडौं  / हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भू–भागमा मौसममा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति पनि तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।
मौसम परिवर्तनका कारण विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x