सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बिहीबार १९ चैत २०८२
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले एक साताअघि मात्रै मूल्य समायोजन गरेकोमा पुनः आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ कायम गरिएको छ। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल डिपो समावेश छन्।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्वदेशमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले स्पष्ट पारेको छ। इन्डियन आयल कर्पोरेसनबाट मार्च १६ र ३१ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ४७.१२ रुपैयाँ, डिजेलमा १३३.४५ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा भइरहेको जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ। घाटा बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न कठिन अवस्था सिर्जना हुने खतरा रहेको उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x