भाटभटेनीसहित ४ ठूला मार्टमाथि कारबाही प्रक्रिया अघि

सोमबार २३ चैत २०८२
काठमाडौं। बजार अनुगमनलाई तीव्र बनाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
आइतबार गरिएको स्थलगत निरीक्षणका क्रममा अनियमितता भेटिएपछि विभागले ती मार्टहरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
कारबाहीको दायरामा मेट्रो मार्केट प्रालि (इमाडोल), सेलवेज क्यास एण्ड क्यारी प्रालि (महाराजगञ्ज), मेगा मार्ट प्रालि (विशालनगर) र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि (चक्रपथ) परेका छन्।
यसैगरी, मुना कृषि लिमिटेडलाई पनि सोही प्रकृतिको निर्देशन दिइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा थप १० वटा फर्मलाई सुधार गर्न निर्देशन दिइएको छ।
विभागले कालाबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा अखाद्य वस्तुको बिक्री वितरण रोक्ने उद्देश्यले नियमित रूपमा अनुगमन गर्दै आएको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE