बिहिबार, पुस ११, २०८१
Thursday, December 26, 2024

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष श्रेष्ठले गरे सपथ ग्रहण

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

मङ्गलबार ११ मंसिर २०८१

काठमाडौं /  नव नियुक्त धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार साँझ अर्थमन्त्री बिष्णु पौडेलले  नव नियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि श्रेष्ठले लगानीकर्ताको सुरक्षाको लागि काम गर्नु नै प्राथमिकताको कु्रा भएको बताएका छन ।

उनले भने, ‘बजार बिस्तारका लागि अवसरहरु धेरै छन । हामीले यहाँको क्यापिटल मार्केटको पूर्ण रुपले सदुपयोग गरेकै छैनौ । प्रोडक्ट्सकै हिसाबले हेर्दा पनि धेरै नै प्रोडक्ट्सहरु उपलब्ध छन । पूजीँ बजारको सिद्धान्तबाट हेर्दा आर्थिक विकासमा यसलाई मजाले प्रयोग गर्न सकिन्छ  भन्ने कुरामा मेरो ध्यान जान्छ । अनि अहिलेलाई लगानीकर्ताको सुरक्षा नै पहिलो प्राथमिकता हो ।’

अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका नव नियुक्त अध्यक्षले बोर्ड गएर कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डले एघार महिनापछि अध्यक्ष पाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x