गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ

शनिबार ९ जेठ २०८३
काठमाडौंको गोङ्गबु क्षेत्रबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ निवासी २७ वर्षीय खगेन्द्र शर्मा तथा राजविराज–१३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता पवनकुमार भट्टराई का अनुसार टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेस्ट हाउसमा प्रहरीले जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने एउटा म्याग्जिन तथा मेटलको नक बरामद गरेको हो।
प्रहरीले पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE