शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीको कटौती गरिएकोमा आजपा प्रबक्ता साहको आपत्ति

  • 173
  •  
  •  
  •  
  •  
  •  
  •  
    173
    Shares

 

सोमबार १३ असोज २०८२
सर्लाही / आम जनता पार्टी (आजपा) का प्रबक्ता चन्द्रभुषण साहले सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीको कटौती गरिएकोमा आपत्ति जनाएका छन ।

सरकारी घरमा मासुभात र जनताको घरमा आँसुभात कहिलेसम्म भन्दै उनले प्रधानमन्त्री सुशील कार्कीसंग प्रश्न गरेका छन ।

मितव्ययीताको नाममा अस्थायी, करार एंव ज्यालादारीमा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा प्रधानमन्त्री, मन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ? भन्दै आजपा प्रबक्ता साहले प्रश्न गरेका छन ।

`प्रमज्यू! हजुरहरुले मितव्ययीताको नाममा करार र दिनगन्ती (दैनिक ज्यालादारी) मा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा मन्त्री – प्रधानमन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ?´ सामाजिक संजाल फेसबुकमा साहले लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x