सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मतदाता शिक्षासम्बन्धी टिकटक बनाएर ५० हजार जित्ने अवसर

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं, फागुन ८ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै मतदाता शिक्षासम्बन्धी टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। निर्वाचनलाई भव्य, सभ्य र सहभागितामूलक बनाउन युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले निर्वाचन आचारसंहिता, मतदाताको अधिकार र कर्तव्य, निर्वाचनको महत्त्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि तथा योग्य उम्मेदवार छनोट जस्ता विषयमा आधारित एक मिनेटसम्मको संवादमूलक तथा सन्देशमूलक भिडियो तयार गर्नुपर्नेछ। भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा आधारित हुनुपर्नेछ र मौलिक अडियो तथा अभिनयलाई प्राथमिकता दिइनेछ।
तयार गरिएको भिडियो आफ्नै टिकटक खातामा राखी यही फागुन १७ गतेभित्र आयोगको इमेलमा समेत पठाउनुपर्नेछ। एक व्यक्तिले एक विषयमा एउटा मात्र भिडियो पठाउन पाउनेछ भने दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर पनि भिडियो निर्माण गर्न सकिनेछ।
आयोगका अनुसार प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्यूज प्राप्त गर्ने पहिलो, दोस्रो र तेस्रो भिडियोले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्राप्त भिडियोमाथि आयोगको अधिकार रहनेछ र आवश्यक ठानेमा आयोगले आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्नेछ। तोकिएका सर्त पूरा नगरेका वा म्याद नाघेर प्राप्त भएका भिडियो स्वीकार गरिने छैनन्। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगबाट गरिने सूचनामा उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x