आइतवार, असार १, २०८२
Sunday, June 15, 2025

झारफुकबाट बिमार निको पार्ने बहानामा किशोरीमाथि यौन दुर्व्यवहार गर्ने धामी पक्राउ 

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

sharethis sharing button

बिहीबार १५ जेठ २०८२

बिराटनगर / झारफुक गरेर बिमार निको पार्ने बहानामा किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगरमा एक जना धामी पक्राउ परेका छन् । विराटनगर ६ रामपुरमा दिदीसँगै कोठा भाडा लिएर बस्दै आएकी १५ वर्षीया किशोरीलाई  झारफुक गरेर निको पारिदिने बहानामा कोठामा एक्कै उपचार गर्न बोलाएर यौन दुर्व्यवहार गर्न खोज्ने सोही ठाउँका ३५ वर्षीय धामी महमद साविर मलबी पक्राउ परेका हुन् । किशोरी बारम्बार बेहोस भएर लडिरहने भएको भन्दै उनकी दिदीले धामी लगाएकी थिइन् ।

प्रहरीका अनुसार धामी साविरले बिमार निको पार्ने भन्दै चार महिनादेखि किशोरीलाई बोलाएर यौन दुर्व्यवहार गर्दै आएका थिए । पछिल्लो समय किशोरीको अन्तिम उपचार गर्नुछ भन्दै राती अलग्गै कोठामा राखेर यौन दुर्व्यवहार गर्न खोज्दा होहल्ला भएपछि धामीको पोल खुलेको थियो ।

मौलाना साविरलाई अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ ।नयाँ पत्रीकाबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x