स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

मंगलबार १५ वैशाख २०८३
काठमाडौ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता तान्न थालेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयले दुरुपयोग भएका सबै गाडीहरू केन्द्रीय रूपमा नियन्त्रणमा लिन थालेको हो। सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरेको सूचना प्राप्त भएपछि मन्त्रीले यस्तो कदम चालेकी हुन्।
फिर्ता ल्याइएका सवारी साधनहरू हाल मन्त्रालय परिसरमै राखिएका छन्। अब ती गाडीहरू आवश्यकताका आधारमा र कानुनी प्रावधानअनुसार मात्रै प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
प्रचलित नियमअनुसार सह–सचिव वा सोभन्दा माथिका पदाधिकारीहरूले मात्र सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ। मन्त्रालयले अब यस व्यवस्थालाई कडाइका साथ लागू गर्ने संकेत दिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE