शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने सरकारको प्रयास असफल

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

शुक्रबार १२ वैशाख २०८२

काठमाडौं / विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएको छ।

वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थित नभएपछि शिक्षकसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएको हो।

मन्त्रालयले छलफलका लागि बिभिन्न शिक्षक संघ–संगठनका प्रतिनिधिलाई शुक्रबार सिंहदरबार बोलाइएको थियो। छलफलका लागि केहि शिक्षकसमेत मन्त्रालय पुगिसकेका थिए। तर, महासंघले शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि जाने क्रममा रहे पनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको उल्लेख गरेको छ।

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गरे। शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समास्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताए।

त्यस्तै मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंहले सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्षलगायतको टोली फर्किएको जानकारी दिए।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार २४औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x