शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

प्रधानमन्त्री आवश्यकता परे संसदमा पुनः जवाफ दिन तयार : सरकार

Spread the love

बुधबार २० जेठ २०८३
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल ले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाह आवश्यकता परे पुनः संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पोखरेलले सीमा, राष्ट्रिय स्वाधीनता तथा कूटनीतिक विषयलाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको बताए। उनले संसदमा उठेका प्रश्नहरूको जवाफ दिन सरकार जिम्मेवार रहेको उल्लेख गर्दै आवश्यक परे प्रधानमन्त्री स्वयंले थप स्पष्टिकरण दिन सक्ने जानकारी दिए।
नेपाल–भारत सीमा सम्बन्धी विषयलाई लिएर पछिल्ला दिनमा संसद र राजनीतिक वृत्तमा व्यापक बहस भइरहेको छ। विपक्षी दलहरूले सरकारसँग स्पष्ट धारणा र आधिकारिक जवाफ माग गरिरहेका बेला सरकारको यो धारणालाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
प्रवक्ता पोखरेलका अनुसार राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार पारदर्शी ढंगले अघि बढ्ने, संसदको सम्मान गर्ने तथा आवश्यक जानकारी उपलब्ध गराउने नीतिमा प्रतिबद्ध रहेको छ। उनले सीमा सम्बन्धी विषयमा सरकार जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत भइरहेको पनि बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x