सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

बारको कार्यसमितिमा प्रा.डा. मिश्रको प्यानल विजयी, अध्यक्षमा श्रेष्ठ दुई हजार बढी मतले पराजित

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौ / नेपाल बार एसोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।

२७ औँ केन्द्रीय कार्यसमितिका लागि हालै भएको निर्वाचनमा प्रा.डा. मिश्रको प्यानल नै निर्वाचित भएको हो।

अध्यक्षमा मिश्रले आफ्ना प्रतिस्पर्धी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले हराएका हुन्। मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत ल्याए।

महासचिवमा गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेलाई वछि पार्दै कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला विपजयी भएका छन्। उनले ४८७४ मत ल्याए भने न्यौपानेले २३६७ मत पाए।

अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन्। कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएका छन्। कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन्। स्रोत नागरिक न्युज

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv