शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

प्रधानमन्त्री ओली अभिनीत ‘नमेटिने घाउ’ र मलिकाको ‘सतीदेवी’ हलमा

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं / फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली चलचित्र रिलिज हुने भएका छन् । ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका हुन् । ‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् ।

‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ ।

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।

‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गरेको छ । सिनेमाकाे कथा  निर्देशक स्वयंले लेखेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x