शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आगामी डेढ महिनामा कीर्तिपुर मैदानमा फ्लडलाइट र प्यारापिट बनिसक्ने

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

मङ्गलबार ५ चैत २०८१

काठमाडौं / शहरी विकास मन्त्रालयले आगामी डेढ महिनामा कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कार्य पूरा भइसक्ने बताएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिइएको हो ।

मंगलबार मन्त्रालयको वित्तिय प्रगति सार्वजनिक कार्यक्रममा ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भइसकेको जानकारी गराइएको हो ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नारायण मैनालीले भने ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

मन्त्रालयले राष्ट्रिय शहरी नीति स्वीकृत भएको, स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई संचालन भएको, झापा स्थित दमक व्यापारिक कम्पलेक्सको निर्माण सम्पन्न भएको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षण अन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटि प्लाजामा दुई वटा पार्क निर्माण सम्पन्न भएको जनाएको छ ।

यस्तै बागमती सुधार आयोजना अन्तर्गत यस आ.व.मा २०० मिटर नदी तटबन्ध, ३५० मीटर सडक कालोपत्रे र १५० मीटर मुख्य ढल निर्माण भएको, नगर विकास कोषबाट शहरी खानीपानी सरसफाई आयोजना अन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरउन्नति गरिएको, मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शहरी उत्थान तथा जिविकोपार्जन सुधार आयोजना अन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसीयाली विकास बैक सँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सेनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको समेत जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x