मलेसियाद्वारा श्रमिकलाई १७ सय रिंगेट न्यूनतम तलब दिने घोषणा


मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन । यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इव्राहिमले बताए । तर, ५ जनाभन्दा कम श्रमिक भएको रोजगारदाताले भने आउँदो अगस्ट १ देखि कार्यान्वयनमा ल्याउनुपर्ने प्रधानमन्त्रीको घोषणा छ ।

अहिले न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) छ । यो तलब २०२२ मार्च १९ देखि लागू गर्दै आएको थियो ।
मलेसियाले न्यूनतम बढाएलगत्तै नेपाली श्रमिकको न्यूनतम तलब पनि दुई सय रिंगेटले बढेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने सबैभन्दा बढी न्यूनतम तलब मलेसिया बनेको छ । खाडीमा कतारले मात्रै एक हजार रियाल (३४ हजार रुपैयाँ) मात्रै निर्धारण गरेको छ । साउदी अरब, यूएई, कुवेतलगायत देशले न्यूनतम तलब तोकेको छैन । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरवदल हुँदै आइरहेको छ ।
मलेसिया सरकारको गत सेप्टेम्बरसम्मको विवरणअनुसार नेपाली श्रमिक १६.१७ प्रतिशत अर्थात् तीन लाख ९९ हजार ६ सय १४ जना कार्यरत छन् । जसमा महिलाको संख्या १० हजार ९ सय ५७ जना रहेको छ । यो मलेसियामा कार्यरत विदेशी आप्रवासीको तेस्रोमा नेपाली श्रमिकको उपस्थिति रहेको मलेसिया सरकारले जनाएको छ । पहिलोमा बंगलादेशी र दोस्रोमा इण्डोनेसियाली रहेका छन् । कान्तिपुरबाट
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE