शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाई को सरकारप्रति प्रशंसा: ‘म आफैँ प्रधानमन्त्री भएको महसुस’

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

शनिबार २१ चैत २०८२
काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाई ले वर्तमान सरकारले भ्रष्टाचार, तस्करी तथा बिचौलियाविरुद्ध चालिरहेका कदमहरूको प्रशंसा गरेका छन्। उनले आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको जस्तो महसुस’ भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा प्रसाईले विगत चार वर्षदेखि आफूले उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अगाडि बढाएको भन्दै खुसी व्यक्त गरेका हुन्।
उनले भने,
“विगत चार वर्षदेखि मैले निरन्तर रूपमा तस्कर र भ्रष्टाचारीहरूको विषयमा सडकमा ३०० इन्चका एलईडीमार्फत भिडियो सार्वजनिक गरें। जुम्लासम्म पुगेर १० लाख खर्च गरेर तस्करहरूको फोटो सार्वजनिक गरें।”
प्रसाईले यस्ता गतिविधिका कारण आफूलाई तत्कालीन सरकारले पटक–पटक नियन्त्रणमा लिएको दाबी पनि गरेका छन्।
उनले देशका केही सीमित व्यवसायिक समूहहरूले बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्तदेखि रेमिटेन्ससम्म नियन्त्रण गरेर अर्थतन्त्र कमजोर बनाएको आरोप लगाए।
हाल गृहमन्त्री र बालेन्द्र शाह नेतृत्वको सरकारले सञ्चालन गरेको अभियानप्रति उनले समर्थन जनाउँदै भने,
“मैले उठाएका आवाजहरूलाई सरकारले अघि बढाएको, कारबाही गरेको देख्दा खुसी लागेको छ।”
उनले भ्रष्टाचारविरुद्धको अभियानमा सम्पूर्ण नेपाली नागरिकले सरकारलाई साथ दिनुपर्नेमा जोड दिएका छन्।
यद्यपि, सरकारका सबै निर्णयप्रति आफ्नो समर्थन नरहेको स्पष्ट पार्दै उनले एसपीपी, आईपीएस, तिब्बती शरणार्थीलाई नागरिकता दिने विषय तथा विदेशी सेनाको उपस्थितिसम्बन्धी प्रस्तावप्रति असहमति जनाएका छन्।
भिडियोको अन्त्यमा उनले विगतमा सार्वजनिक गरेका केही व्यवसायी तथा समूहहरूको विवरणसमेत पुनः प्रस्तुत गरेका छन्, जसमा पवन गोल्यान, विशाल ग्रुप, शेखर गोल्छा, अरुण सराफ, दीपक भट्ट लगायतका नाम उल्लेख छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x