शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

आधारभूत शिक्षा सबैको अधिकार भएको भन्दै बिल्टु यादवको प्रतिबद्धता

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

बुधबार २८ माघ २०८२
सिरहा / सिरहा क्षेत्र नं. २ का आम जनता पार्टी (आजपा) का उम्मेदवार बिल्टु यादवले आधारभूत शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताएका छन्। उनले गुणस्तरीय शिक्षा, शैक्षिक पूर्वाधारको विकास तथा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
“आधारभूत शिक्षा: सबैको अधिकार, समृद्ध सिरहा: हाम्रो सङ्कल्प” भन्ने नारासहित चुनावी अभियानमा सक्रिय रहेका यादवले शिक्षा क्षेत्रको सुधारलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन्।
उनले सिरहा क्षेत्र नं. २ को समग्र विकास, आधुनिक विद्यालय भवन निर्माण, शैक्षिक सामग्रीको उपलब्धता तथा शिक्षक व्यवस्थापनलाई प्रभावकारी बनाउने योजना अघि सारेका छन्।
यादवले मतदातालाई आम जनता पार्टीको चुनाव चिन्ह मोबाइल फोन मा मतदान गरी विजयी गराउन अपिल गरेका छन्।
आगामी निर्वाचनलाई परिवर्तन र विकासको अवसरका रूपमा लिँदै उनले जनताको साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x