आइतवार, असार १, २०८२
Sunday, June 15, 2025

राज्यका हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाउनु संघीयताकै देन हो:मन्त्री लेखी 

  • 726
  •  
  •  
  •  
  •  
  •  
  •  
    726
    Shares

 

आइतबार २५ जेठ २०८२

सप्तरी / मधेस प्रदेश सरकारका प्रवक्ता गृह,सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले राज्यका हरेक निकायमा दलित,मुस्लिम,महिला आदिवासी लगायत सबैको प्रतिनिधित्व हुनु संघीयताको ठुलो उपलब्धि रहेको बताउनु भएको छ।

मधेस प्रदेशको चलचित्र तथा लोकसञ्चारप्रवर्द्धन बोर्डले आयोजना गरेको छायांकन तथा सम्पादन सम्बन्धि पाँच दिने तालिमको शनिबार उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।

प्रमुख अतिथि मन्त्री लेखीले संघियता आएकै कारण राज्यका हरेक निकायमा हजारौं हजारको संख्यामा सबै वर्ग समुदायको अनुहार हेर्न पाउनु संघीयताकै देन हो,भन्नुभएको छ ।
लेखीले भन्नू भयो – ” देशमा गणतन्त्र आएपछि आएको विकासको लहरले आजभन्दा १०/१५ बर्ष अगाडि मात्रै पैदल र साईकलमा आवजजावत गर्ने बाटो र गल्लीहरुमा समेत बर्षाको समयमा पनि चार चक्के सवारीसाधनहरु निर्वाध रूपमा गुडिरहेको छ।”
उनले भने तर पनि सबै बर्ग समुदायले पुर्णरूपमा अधिकार पाईसकेको छैन,यसका लागि हाम्रो संघर्ष पनि जारी नै छ।
यस किसिमको तालिमहरुबाट युवा वर्गले सीप सिकेर आफ्नो गाउँ घरमै बसेर स्वरोजगार हुन सकिने भएकोले तालीममा सक्रिय सहभागीता हुनु जरुरी रहेको गृहमन्त्री लेखीले बताए ।
त्यतै कञ्चनरुप नगरपालिकाको मेयर ललन प्रसाद गुप्ताले आफ्नो गाउँ घरको कला,संस्कृति, भेषभुसाको संरक्षण सम्बर्द्धन हुन आवश्यक रहेकोे बताउनु भयो।
त्यस्तै बिशिस्ट अतिथि मेयर गुप्ताले गृहमन्त्री लेखीको हरेक काम सम्मजका लागि अनुकरणीय रहेको भन्दै उहाँको काम गर्ने तौर तरिका र गरेको विकास देखेर सबै दङ्ग परेको बताउनु भयो।
विशिष्ट अतिथिकै रूपमा रहेकी कञ्चनरुप नगरपालिकाका उप मेयर मुना पोखरेलले पनि सहभागीहरुलाई शुभकामना दिदै आफ्नो संस्कृतिको जगेर्ना गर्ने अभिभारा युवाहरुकै काँधमा रहेको बताइन् ।
प्रवर्द्धन बोर्डको नव नियुक्त अध्यक्ष किशोर कुमार लेखीले तालिमको अध्यक्षता गर्दै चलचित्र र लोकसञ्चारको क्षेत्रको उत्थान र बिकासका लागि धेरै काम गर्न बाकी रहेकोेले सबैको साथ र सहयोगको जरुरी रहेको बताएका छन् ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ३ ,४,६,७,८ र ११ का वडा अध्यक्षहरुको कार्यक्रममा उपस्थिति  रहेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x