शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सरकारको रवैया अलोकतान्त्रिक र सर्वसत्तावादी : राप्रपा

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

आइतबार ७ बैशाख २०८२

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरबार परिसरबाटै पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र भएको आरोप लगाएको छ।

आइतबार दिउँसो अध्यक्षसहितका नेताहरू सिंहदरबारभित्रैबाट पक्राउ परेपछि बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएको हो।

‘सरकारको यसप्रकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रष्ट छ। अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ। यसको सर्वत्र विरोध गरिनुपर्,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिएको भन्दै राप्रपाले आगामी दिनमा थप विरोध र प्रतिवाद गर्नेसमेत जनाएको छ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रुपमा अघि बढ्ने राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यद्यपी, प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेता रिहा भएका छन्।

सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यलगायत रिहा भएका हुन्। उनीहरूलाई प्रहरीले चार घन्टापछि हिरासत मुक्त गरेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x