शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

उपत्यकामा मोटरसाइकल-स्कुटर चोरी बढ्यो, ट्राफिक प्रहरीले १ महिनामा ५१ वटा धनीलाई हस्तान्तरण गर्यो

Spread the love

२९ असार २०८३

काठमाडौं । पछिल्लो समय उपत्यकामा मोटरसाइकल र स्कुटर चोरीका घटना बढेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भई फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

१ महिनामा ५१ वटा फेला
सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबीच कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

पार्किङमै बढी चोरी
ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको छ ।

लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनले सुझाव दिए ।

चोरी रोक्न यस्ता प्रविधि प्रयोग गर्न आग्रह
सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

एसपी सुवेदीले `एन्टि-लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकर` जस्ता प्रविधि प्रयोग गर्न आग्रह गरे ।

उपत्यकामा पछिल्लो समय सवारी चोरीका घटना बढेकाले सवारी धनीले थप सतर्कता अपनाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x