शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जनकपुरमा वकिल र पत्रकारबिच झडप, तीन पत्रकार घाईते

  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

जनकपुर / नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुन अनुरुप २० वर्षका लागि लिजमा लिएको जग्गामा नेपाल बार एशोसिएसन जनकपुरले अनावश्यक रुपमा हस्तक्षेप गरेपछि बार र संचारकर्मीहरु बिचमा विवाद सृजना भएको छ ।

मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बनजारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर ४ स्वर्गव्दारा छेउमा नै रहेको ४ कठठा जग्गा गुठिसंस्थानसँग लिजमा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बार एसोसिशएसन जनकपुरधामका अधिवक्तहरुले अवरोध सृजना गरेपछि संचारकर्मीहरु र पत्रकार बिचमा विवाद भएको दुवै पक्ष बिचमा झडपको अवस्था सृजना भएको छ ।

सो जग्गा महासंघले प्राप्त गरेपछि अधिवक्ताहरुले सो जग्गामा आफनो गाडी राख्न थालेका थिए ।

महासंघले जग्गा प्राप्त पुर्व खाली ठाउ रहेको जग्गा महासंघले जग्गा लिएर भवन निर्माणको लागि जग्गा समाउन थालेपछि उनिहरुले पार्किंग गर्न थालेका थिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले सो जग्गा आफुहरु रहेको र वैधानिक रुपमा प्राप्त गरेपछि अनावश्यक रुपमा बारले बखेडा सृजना गरेको जानकारी दिए । पुर्वेलीन्युजबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x