थारु चलचित्र तथा संस्कृति संघद्वारा नि:शुल्क ७ दिने अभिनय तालिम आयोजना हुँदै, बस्ने-खाने सुविधा पनि उपलब्ध

बुधबार १३ जेठ २०८३
काठमाडौँ । थारु चलचित्र तथा संस्कृति संघ, केन्द्रीय कार्य समितिले अभिनय क्षेत्रमा रुचि भएका व्यक्तिहरूका लागि एक विशेष अवसर ल्याएको छ। संघको आयोजकत्व तथा चलचित्र विकास बोर्ड, काठमाडौँको सहकार्यमा आगामी जेठ २३ गते शनिबारदेखि २९ गतेसम्म सात दिने नि:शुल्क अभिनय तालिम संचालन हुन लागेको हो।
तालिममा ७ वर्षदेखि ७० वर्ष उमेर समूहका महिला तथा पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार अभिनय क्षेत्रमा आउन चाहने र आफ्नो अन्तर्निहित कला तथा क्षमताको विकास गर्न चाहने जोकोहीका लागि यो एउटा सुवर्ण अवसर हुनेछ।
विशेष गरी उपत्यका बाहिर तथा टाढा-टाढाबाट आउने सहभागीहरूलाई मध्यनजर गर्दै आयोजकले तालिम अवधिभर बस्न र खानको समेत नि:शुल्क व्यवस्था गरेको छ।
यस तालिम कार्यक्रमबारे थप जानकारी वा सम्पर्कका लागि संस्थाका अध्यक्ष परशुराम चौधरीको मोबाइल नम्बर ९८०३४७६२४० मा सिधै सम्पर्क गर्न सकिने संघले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE