शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

चलचित्र कलाकार संघमा दावा फिन्जो तामाङको उम्मेदवारी

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

अन्टिना घनश्याम
शुक्रबार १३ चैत २०८२
काठमाडौ / समाजसेवा, कला तथा सांस्कृतिक क्षेत्रसँगै नेपाली चलचित्र क्षेत्रमा सक्रिय योगदान पुर्‍याउँदै आएका दावा फिन्जो तामाङले नेपाल चलचित्र कलाकार संघको केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
आसन्न चैत २८ गते हुने संघको निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। तामाङ हाल तामाङ राष्ट्रिय कलाकार संघ, बागमती प्रदेशका अध्यक्षसमेत रहेका छन्।
लामो समयदेखि कला, संस्कृति र सामाजिक अभियन्ताका रूपमा सक्रिय तामाङले नेपाली तथा तामाङ चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। कलाकारितामा उनको अनुभव र सक्रियताका आधारमा उनी संघको केन्द्रीय कार्यसमितिमा दाबेदारका रूपमा देखिएका छन्।
करिब तीन दर्जनभन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका तामाङको उम्मेदवारीले विशेषगरी तामाङ फिल्मकर्मीहरूमा उत्साह थपिएको देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x