बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

समाजवादीको केन्द्रीय नेताहरूको कार्यविभाजन आज हुने

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

मङ्गलबार २ पुष २०८१

काठमाडौं / नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकबाट केन्द्रीय नेताहरूको कार्यविभाजन आज हुने भएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसिरदेखि जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यविभाजन बाँकी रहेकाले बैठक लम्बिएकाे हाे।

आजको बैठकमा आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए। उनका अनुसार हिजाेकाे बैठकमा नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेकाे थियाे।

केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको स्थायी कमिटीको बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

यसैबीच एकीकृत समाजवादीको तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ। एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए। उहाले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x