सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

स्वदेशी उत्पादन प्रवर्द्धनमा मन्त्री चौधरीको जोड, कार्यकक्षमै डीडीसीका उत्पादन प्रयोग

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

आइतबार ३ जेठ २०८३
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै शनिबार आफ्नै कार्यकक्षमा डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गरेकी छन्।
मन्त्री चौधरीले स्वदेशमै उत्पादन भएका गुणस्तरीय वस्तुको उपभोग बढाउनुपर्ने बताउँदै स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुका साथै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
उनले उपभोक्तालाई पनि स्वदेशी उत्पादनतर्फ आकर्षित हुन आग्रह गर्दै स्थानीय उत्पादनको प्रयोगले किसान र उद्योग दुवैलाई फाइदा पुग्ने उल्लेख गरिन्।
नेपालमा उत्पादित दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर र विश्वसनीयताका कारण डीडीसीका उत्पादन उपभोक्तामाझ लोकप्रिय रहेको छ। डीडीसीले दूध, दही, घ्यू, बटर, पनिर तथा आइसक्रिमलगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ।
संस्थानले देशभरका किसानबाट दूध संकलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्‍याउने व्यवस्था मिलाउँदै आएको छ। यसबाट हजारौँ दुग्ध किसान प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x